Moon Sign Horoscope

चन्द्र राशी आनुसार

 

(Jan 20, 2020 – Jan 26, 2020)

 

 

मेष: यो साता को सुरुमा कष्टजनक रहनेछ, बिना कारण झगडा आई लाग्ने योग देखिएको छ। साताको मध्ये परिबन्धले केही समस्या निम्त्याउन सक्छ। साताको  अन्त्य तिर भने फेरी केहि सुधार हुदै जाने योग पनि देखिएको छ। 

 

वृष: यो साता को सुरुमा प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। तर साताको मध्ये तथा अन्त्य तिर भने मानसिक तनाब, सारारिक कस्टको  साथै  व्यावहारिक झमेला पनि आइलाग्न सक्छ। धैर्यता अपनाउनु होला।

 

मिथुन: यो सातामा  व्यापार बाट प्रसस्त फाइदा मिल्ने छ । प्रियजनसँग भेटघाट हुनुका साथै घर-परिवारमा खुसियाली छाउनेछ। तर साताको अन्त्य तिर भने फेरी केहि लेनदेनको हिसाबले वादविवाद निम्त्याउन सक्छ। बाणी तथा रिस लाई नियन्त्रण राख्नु होला।

 

कर्कट: साताको सुरुवात मा कार्य तथा नोकरी मा केहि तनाव हुन सक्नेछ।  मौका राम्रो आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। तर साता को मध्य तथा अन्त्य तिर भने धन लाभ को योग साथै प्रेम क्षेत्रमा पनि सफलता मिल्ने योग देखिन्छ ।

 

सिंह:प्रारम्भमा स्वास्थ्य कमजोर रहनाले केहि समस्या आउन सक्छ  । तर साताको मध्ये तथा अन्तिम तिर हो भने  बुद्धिको उपयोगले लक्ष्यमा पुगिनेछ र मिहिनेतको राम्रो परिणाम मिल्नेछ।

 

कन्या:  साता को सुरुमा धेरै रुप बाट राम्रो समय देखिएको हुदा धन लाभ योग छ र स्वस्थमा फुर्ति बढ्नेछ।     साताको मध्ये र अन्तिम मा भने सत्रु र अवसरवादीहरू बाट होसियारी रहनु होला, आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्।

 

 

तुला: साताको सुरुवात इच्छाशक्ति बढ्नाले नयाँ काम थालनी हुनेछ र आँटले लक्ष्य प्राप्त गर्न सकिनेछ। धन लाभ  हुनुको साथै पराक्रम पनि बढ्नेछ । तर साताको अन्त्य तिर भने ब्यर्थ  खर्च, काममा बाधा र स्वास्थ्यमा केहि समस्या देखा पर्ने छन्।

 

बृश्चिक: साता को सुरु देखि अन्त्य सम्म निक्कै राम्रो समय देखिएको छ। आफन्त र परिवारको सहयोगमा महत्वपूर्ण काम बन्ने छ। धन लाभ को योग पनि भयको हुँदा व्यपार तथा नोकरीमा निक्कै  उन्नतिको साथै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ।

 

 

धनु : साताको सुरुमा फजुल खर्चका बीच कामको बोझ बढ्न सक्छ। साता को मध्ये र अन्त्यमा परिस्थिति अनुकूल हुनुका साथै प्रतिष्ठित काम गर्ने मौका प्राप्त हुनेछमा नोकरी तथा व्यवसाय बाट निकै आय आम्दानी बढ्ने देखिन्छ।

 

 

मकर:  प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ। कर्मयोगले समाजमा स्थापित गराउन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नु पर्दा अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ।  सप्ताको अन्त्यमा भने परिस्थितिले साथ दिनेछ।

 

कुम्भ: यो सातामा व्यापार ब्यबसाय बाट निक्कै आम्दानी बढ्ने, मान सम्मान बढ्ने, साथै पारिवारिक सुख मिल्नेछ।  तर साताकोअन्त्य तिर भने आचानक परिस्थितिमा उतारचढाव आउने देखिएकाले सजग रहनुहोला।

 

मीन : प्रारम्भमा नसोचेको झमेला आउन सक्छ। आफन्त टाढिनेछन् साथै शाररिक अस्वस्थताका मानसिक तनाब बढ्नेछ। तापनि साताको मध्ये र अन्त्य मा भने  मिहिनेतले गरेका कामहरुले  बिस्तारै चुनौती पार लगाउन सकिनेछ।