Moon Sign Horoscope

चन्द्र राशी आनुसार

(12 अगस्त  2019  देखि 18अगस्त  2019  सम्म)

 

मेष:

यो साता को सुरुमा खर्च बढ्ने र अनावस्यक काममा समय बर्वाद हुने , प्रेमी -प्रेमिका को बीच असमझदारी विवाद बढ्ने देखिन्छ। तर साता को मध्ये तथा  अन्त्य तिर भने  मित्र तथा मन्यजन्हरुको सहयोग ,सुझाब मिल्नेछ  साथै  व्यपार तथा नोकरी मा पनि निकैउन्नति हुनेछ ।

वृष:

यो साता को सुरुमा कष्टजनक रहनेछ,होशियारी संग काम गर्नु पर्ने देखिन्छ नया काम न गर्दा राम्रो होला , खर्च बढ्नेछ , अनावस्यक काममा समय बर्वाद होला । साता को अन्त्य तिर भने धन लाभ  को योग देखा परेको छ । सोचेको, आटेको काममा सफलता मिल्नेछ ।

मिथुन:

बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुनेछ । व्यापार,व्यवसायमा पर्याप्त लाभ मिल्नेछ । दाजुभाइको सहयोग लिन सकिनेछ । साताको मध्यमा दबाब र तनाव बढेको महसुस हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ ।

कर्कट:

यो सातामा धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । सन्तानबाट सहयोग मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । लाभदायक तर खर्चिलो यात्रा रहला । मध्य सातामा जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला ।

 

सिंह:

आफ्नैसँग असमझदारी बढ्नाले आँटेको काम रोकिन सक्छ। समयतालिका नमिल्दा आफ्ना कामबाट अरूले फाइदा उठाउलान्। तापनि साताको पछिल्लो समयमा स्थिति अनुकूल बन्नेछ। प्रतिस्पर्धीहरू सम्झौता गर्न आउनेछन् । अन्त्यमा अध्ययनतर्फ प्रगति हुनेछ।

 कन्या:

आफन्त र प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। अध्ययनमा धेरै मेहनत गर्नुपरे पनि नयाँ प्रविधिको ज्ञान हासिल गर्ने अवसर प्राप्त हुनेछ। भौतिक साधन उपयोग गर्दै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्।

तुला:

ब्यापारिक यात्रा लाभदाई रहनेछ। फसेको रकम प्राप्त हुने सम्भावना देखिन्छ । स्वास्थ्यमा सुधार आउनेछ । ब्यापार ब्यबसायबाट फाइदा मिल्नेछ । दाम्पत्य जीवन मा पनि ब्यर्थ को विवाद आइ लाग्ला मिठो बोलीको प्रभाव ले फाइदा मिल्नेछ ।

 बृश्चिक:

साता को सुरु देखि नै धेरै रुप बाट राम्रो समय देखिन्छ आफन्त र परिवारको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ | धन लाभ को योग भयको हुँदा व्यपार तथा नोकरी मा उन्नति हुन सक्नेछ । साताको अन्त्यमा स्वास्थ्यमा कमजोरी देखापर्न सक्छ

धनु

कार्यक्षेत्रमा सफलता मिल्नेछ । स्वास्थ्यमा बिशेष ध्यान दिनुहोला । व्यापार-व्यवसायमा लाभ मिल्नेछ । साताको अन्त्यमा स्वास्थ्य तथा धन हानिको योग देखिएको हुदा मनमा अशान्ति होला । नोकरी गर्नेहरुका लागि कार्यालयमा अनुकुल वातावरण रहनेछ ।

मकर

साताको सुरुमा खर्च तथा रमाइलो यात्राको योग रहेको छ । ।साता को मध्ये तिर  पारिवारिक सुख,शारीरिक फुर्ति,आफन्ती संग को भेटघाट, मान-संमान मा वृद्धि र शिक्षा , सन्तान तथा दाम्पत्य जीवन बाट तथा नोकर मा उन्नति हुन सक्नेछ ।

कुम्भ:

व्यापार र उद्योगमा फाइदा हुनेछ । लगनशीलताले गरेको काम ले फाइदा दिलाउन सक्छ। साता को मध्य तिर धार्मिक , सामाजीक तथा यात्रा तिर खर्च हुने सम्भावना देखिन्छ र साता को अन्त्य सम्म प्रतिस्ठा बढ्ने छ । सोचेको, आटेको काममा सफलता मिल्नेछ ।
मीन :

सुरुमा साताको सुरुमा सामाजिक प्रतिस्ठा बढ्ने , नयाँ  विचार , नयाँ काम को सुरुवात हुनेछ ।   र सोचेको, आटेको काममा सफलता मिल्नेछ । साता को अन्त्य तिर स्वास्थ्यमा कमजोरी एबम धन हानी को योग देखा परेको छ ।